दफा ३३
आरक्षण सम्बन्धी व्यवस्था
(१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी ग्रामीण क्षेत्रमा बसोबास गरी सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका वा सो सरह उत्तीर्ण गरेका महिला, दलित, आदिवासी/ जनजाति, मधेशी तथा पिछडिएको क्षेत्रका विद्यार्थीको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आरक्षण गरिएको स्थानमा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ ।
(२) उपदफा (१) बमोजिम आरक्षण गरिएको स्थानमा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ ।